0
comments
read more
Labels:
कबिता
कुवा
आजतक
कुवाभित्रै छन्
कुवा बाहिर निस्किन नसकेका
बूढो भ्यागुताहरु
जब ती भ्यागुताहरु
कुवाको डिलवाट बाहिर
निस्किन्छ
अनि भन्ठान्छ
यहाँ पनि वैग्लै संसार
रहेछ ।
कुवाभित्र जन्मिएर
कुवाभित्रै हुर्किएको
भ्यागुताहरु
सायद कुवालाई नै
सिगो ससार मानि रहेका
हुनुपर्छ ।
कुवावाटै संसार देखेको
भ्रममा हुनु पर्छ
आस्थाको पोखरी धिमाल्दै
पानीमा अगुल्टोका छ्वाई
जस्तो
भाषणहरु चिच्याई रहेछन्
ट्वार्रर ट्वार्रर्र
छेपाारोले घर वनाउने
दन्ते कथा जस्तो
फगत
झुटो आश्वनको स्वरहरु
तर
जति उफ्रे पनि कात्ला
मुन्तिरै छ ।
यही कात्ला मुन्तिर छ कुवा
यही मुन्तिर छ वालुवाटार
वालुवाटारभित्रै छ यो कुवा
यही कुवाभित्र
सडिएर जामिएको छ
विचारको नदीहरु
यही कुवाभित्र डुवेको छ
आस्थाको डुगा
यसरी
कहिले सम्म
कुवा भएर जाम्मि रहन्छ देश
वालुवाटारमा ?
0
comments
read more
Labels:
गजल
गजल
~गजल~
कहाँ बाट कहाँ आए बाटो ,नसोध॥
पुग्नु पर्ने कहाँ थियो पाटो नसोध॥
मैले गाउँ छाडेपछि बुगमा फूल्ने॥
उजाड होला बुद्दको त्यो माटो नसोध॥
गहबाट चुदै होली मनकी मुना तप्प॥
मजेत्रोमा चिसो आसुँ टाटो नसोध॥
गुन्द्रुक सिन्की ढिडोको याद आउछ॥
अझै मिठो लाग्ने उहि आटो नसोध॥
मलामीको हुल छैन रे अचेल गाउँमा॥
कस्तो होलान बुढाबुढी लाटो नसोध॥
0
comments
read more
Labels:
गजल
गजल
पित्तल वनाएर सुन वेचिन्छ
हरियो रुपियामा गुन वेचिन्छ
वजार भाउ वढेपछि अचेल
अन्नमा मिसाएर घुन वेचिन्छ
कलियुग आएकोछ हिजोआज
मान्छेको व्यापार खुन वेचिन्छ
यस्तै हो भने थाहा छैन हजूर
भोलि यहाँ खै कुन कुन वेचिन्छ ।
Subscribe to:
Posts (Atom)











