Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts
0 comments

गजल

~गजल~

कहाँ बाट कहाँ आए बाटो ,नसोध॥
पुग्नु पर्ने कहाँ थियो पाटो नसोध॥

मैले गाउँ छाडेपछि बुगमा फूल्ने॥
उजाड होला बुद्दको त्यो माटो नसोध॥

गहबाट चुदै होली मनकी मुना तप्प॥
मजेत्रोमा चिसो आसुँ टाटो नसोध॥

गुन्द्रुक सिन्की ढिडोको याद आउछ॥
अझै मिठो लाग्ने उहि आटो नसोध॥

मलामीको हुल छैन रे अचेल गाउँमा॥
कस्तो होलान बुढाबुढी लाटो नसोध॥
read more
0 comments

गजल


पित्तल वनाएर सुन वेचिन्छ
हरियो रुपियामा गुन वेचिन्छ

वजार भाउ वढेपछि अचेल
अन्नमा मिसाएर घुन वेचिन्छ

कलियुग आएकोछ हिजोआज
मान्छेको व्यापार खुन वेचिन्छ

यस्तै हो भने थाहा छैन हजूर
भोलि यहाँ खै कुन कुन वेचिन्छ ।




read more