आर्ट ग्यालरी


अचम्म !
दरबारको भित्ताहरूमा
स्क्यान गरेर झुण्डाईएको
बादशाहको तस्बीरहरू
उक्काएर / पल्टाएर
भुईमा खसाल्यो चित्रकारले

अब
कहिल्यै देखिने छैन
बादशाहको तस्बीरमा
पोतिएको रंगहरूमा
हाम्रै रगत र पसिनाहरूको रंग मात्र चम्किरहेको

यही बादशाहको तस्बीरले

शहिदको सपनाको रंगहरू
विधुवाको सिन्दुरको रंगहरू
केटाकेटीको मुस्कानकों रगहरू
आमाको सपनाको रगहरू
सबै फिक्का बनाई रहेको थियो

टुक्रा टुक्रा टुक्राउदै तस्बीर
च्यात्दै जफाउदै आगोको भुङग्रोमा
पुत्ला जलाएर उडाई दियो
कुन्नि के झोक चल्यो चित्रकारलाई

त्यस पछि
आर्ट ग्यालरीको क्यानभाषमा
नयाँ रंङगहरू पोख्यो
खुब ब्रुशले रंङगायो
मिलाएर ईन्द्रेणी पोट्रटेहरू

बिल्कुलै
नयाँ चित्र बनायो
गाढा मुस्कानहरूको
गुलाबी बिहानीहरूको

अहा !
कति सुन्दर देखिदो रहेछ देश
चित्रहरूमा / रङ्गहरूमा 

1 comments:

खेमराज गाउँले said...

अहा !
कति सुन्दर देखिदो रहेछ देश
चित्रहरूमा / रङ्गहरूमा

Post a Comment